बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार आठ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब ५३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४४ वटा धितोपत्रको दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर किनबेच भएको हो।
बुधबार २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।
यसदिन सात कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
रिज लाइफ इनर्जी, सूर्यकुन्ड हाइड्रो, होटल फरेस्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्टको मूल्य १० प्रतिशत, सुपर खुदी हाइड्रोपावरको ९.९९ र शिखर पावरको सेयर मूल्य ९.९७ प्रतिशतका दरले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ।
उक्त कम्पनीको मूल्य ५.६१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य चार हजार ५३० रूपैयाँमा झरेको छ।
यसैगरी, उपकार लघुवित्तको मूल्य ४.४४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य तीन हजार १४४ रूपैयाँमा सीमित भएको छ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ७०८ रूपैयाँमा ५८ करोड ९ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.९१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेसनल हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ३२४ रूपैयाँ ९० पैसामा ५७ करोड ११ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये होटल्स समूहको परिसूचक सर्वाधिक ३.१६ प्रतिशतले बढेको छ।