Ncell
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, वैशाख ३०, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

प्रिय बा!

नरेन्द्रबहादुर बुढा

पुस १८
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

यो थकित मन बिसाउने चौतारी छ
र पो जीवनमा उमङ्गको आभास छ
म कतै बजारिँदा धुलो टकटक्याएर
थमथम्याउने तिम्रा दरिला हात छन्
र पो त प्रेरणा र हौसलाको पूर्णता छ
बा, 
सायद त्यसैले होला
तिमी एक बलियो मियोझैँ उभिँदा
मैले सफलताका अग्ला-अग्ला पहाड चढ्न सकेको।

तिमी एउटा वृक्ष हौ भने
म उक्त वृक्षको एउटा हाँगा हुँ
तर तिमी त्यो वृक्ष बन्न
कैयौँ पटक थिचिनुपर्‍यो, दबिनुपर्‍यो
घाम, पानी र हुरीबाट जोगिनुपर्‍यो
संघर्षका ठुला-ठुला पहाड चढ्नुपर्‍यो
म त केवल तिम्रो त्यही संघर्षको उपज हुँ
तिम्रो त्यहीँ कर्मको एउटा सानो छाया हुँ
तिम्रो मार्गनिर्देशनको एउटा प्रतिबिम्ब हुँ।

बा, तिमीले सन्तानका सपनालाई छातीमा टाँसेर
आफ्ना रहर र चाहनालाई शून्यतामा विलय गरेर
सन्तानको खुसीलाई हृदयमा साँच्यौ
सायद यस्तो नहुने हो भने
मेरो अस्तित्व नै हुने थिएन
मेरो सफलताको सपना सागरको छालझैँ टाढा हुने थिए।

मैले जीवनको संघर्ष बुझ्न
तिमीलाई बुझ्नुपर्छ
तिम्रो सहनशीलता, तिम्रो धैर्यता
र अनन्त त्यागका गाथालाई पढ्नुपर्छ।

शब्दले त तिम्रो महत्त्व बखान्न सक्दैनन्
तर बा, तिमी आँट गर्छौ
र पो मलाई हिम्मत आउँछ
तिमी छौ
र पो मेरो प्रेरणा जाग्छ।

त्यसैले बा हुनु भनेको
हिम्मत हुनु हो
हौसला हुनु हो
प्रेरणा जाग्नु हो। 

Ncell

Ncell

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १४:०७
सिफारिस
बिक्रीमा छन् लोकल कुखुरा र चल्लाहरू, छिरिङ भन्छिन्– आफू बस्ने टुंगो छैन, कसरी पाल्नू!
बिक्रीमा छन् लोकल कुखुरा र चल्लाहरू, छिरिङ भन्छिन्– आफू बस्ने टुंगो छैन, कसरी पाल्नू!
'३४ वर्षअघि सरकार आफैले दिएको जग्गा, अहिलेको सरकारले खोसिदियो'
'३४ वर्षअघि सरकार आफैले दिएको जग्गा, अहिलेको सरकारले खोसिदियो'
'सरकार मेरी छोरीको भविष्य अन्धकार नपारिदिनू, मेरो दुःखको जिम्मा मै लिउँला!'
'सरकार मेरी छोरीको भविष्य अन्धकार नपारिदिनू, मेरो दुःखको जिम्मा मै लिउँला!'
डोजर चलाएर सुकुम्बासी हटाएपछि अहिले यस्तो देखिएको छ मनोहरा बस्ती, हेर्नुहोस् तस्बिरहरू
डोजर चलाएर सुकुम्बासी हटाएपछि अहिले यस्तो देखिएको छ मनोहरा बस्ती, हेर्नुहोस् तस्बिरहरू
'देशमा केही भएन' भन्ने न्यारेटिभबीच अर्थमन्त्रीले देखाए पछिल्लो १० वर्षको यस्तो तस्बिर
'देशमा केही भएन' भन्ने न्यारेटिभबीच अर्थमन्त्रीले देखाए पछिल्लो १० वर्षको यस्तो तस्बिर
नेप्सेमा कस्तो छ एभरेस्ट र नेपाल बैंकको अवस्था?
नेप्सेमा कस्तो छ एभरेस्ट र नेपाल बैंकको अवस्था?
बालबच्चाको शारीरिक र मानसिक विकासमा कस्तो ख्याल राख्ने?
बालबच्चाको शारीरिक र मानसिक विकासमा कस्तो ख्याल राख्ने?
मनोहराको उजाड बस्तीमा आज साँझ जे देखियो, हेर्नुहोस् तस्बिरमा
मनोहराको उजाड बस्तीमा आज साँझ जे देखियो, हेर्नुहोस् तस्बिरमा
'प्रतिपक्षी दलको नेतामा सुहाउँछ भीष्मराजको हुँकार'
'प्रतिपक्षी दलको नेतामा सुहाउँछ भीष्मराजको हुँकार'
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

बोलाऊँ भने तिमीलाई...
आमा तिमी...
एक मानिसलाई कति जमिन चाहिन्छ?
८० वर्षे वृद्धाको लागि केको कोटा, केको टिकट, केको लाइन?
मौनतामा हारेको प्रेम!
रेखाको कथा!
    
ime money transfer
ime money transfer

विचार

उमेश मैनाली
कर्मचारीतन्त्र राजनीतिकरण भयो भन्ने, अनि सिधै सचिवमा 'छड्के' नियुक्ति दिन खोज्ने? उमेश मैनाली
केशव दाहाल
मलाई सरकारसँग डर लाग्यो! केशव दाहाल
तोयराज अधिकारी
बैंकिङ क्षेत्रमा सामाजिक न्यायको अवस्था तोयराज अधिकारी
 शिवजी श्रेष्ठ
मन्त्री, राजदूत नियुक्तिअघि किन गर्नुपर्छ जाँच–पड्ताल?  शिवजी श्रेष्ठ

ब्लग

डा. रन्जन मिश्र
'क्यान्सरमुक्त' शरीरभित्र लुकेका टाइम-बमहरू! डा. रन्जन मिश्र
रामजी आचार्य
किताबका पानादेखि मोबाइलको स्क्रिनसम्म! रामजी आचार्य
सौगात नेपाल
मैले देखेको, बुझेको र अनुभूत गरेको 'खुसीको राष्ट्र' भुटान! सौगात नेपाल
प्रजिता ढकाल
के पानीले पनि सास फेर्छ होला? प्रजिता ढकाल
Kumari bank
Kumari bank

साहित्यपाटी

पूर्ण ओली
बोलाऊँ भने तिमीलाई... पूर्ण ओली
side bar 17- shivam inner
side bar 17- shivam inner
सुशिला शर्मा 'शिलु' 
आमा तिमी... सुशिला शर्मा 'शिलु' 
दिपेश पराजुली
एक मानिसलाई कति जमिन चाहिन्छ? दिपेश पराजुली
शोभाश्री न्यौपाने
८० वर्षे वृद्धाको लागि केको कोटा, केको टिकट, केको लाइन? शोभाश्री न्यौपाने

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

बिमला अर्याल
सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान? बिमला अर्याल
सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP