आजका तस्बिर- भदौ २३
आजका तस्बिर- भदौ २३
भुटानको ड्रुक एयर पोखरामा ।  भुटानबाट आएको ड्रुक एयर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा शनिबार बिहान पानीको फोहोराले स्वागत गरिँदै। तस्बिरः राधिका कँडेल/रासस
आजका तस्बिर- भदौ २३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान उडेको ड्रुक एअर ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बिहान पहिलोपटक व्यावसायिक उडान भरेको भुटानको ड्रुक एयर ४२ जना पर्यटक बोकेर पोखराबाट भुटानको राजधानी थिम्पु प्रस्थान गर्दै। तस्बिरः कृष्ण दवाडी/रासस
आजका तस्बिर- भदौ २३
परम्परागत कोलमा निबुवा पेल्दै युवा ।  परम्परागत कोलमा निबुवा पेल्दै रावाबेँसी गाउँपालिका–२ खार्पाका युवा । परम्परागत कोलमा पेलेर निकालिएको निबुवा र कागती रसबाट बनाइने अमिलो चुक खोटाङबाट बाहिरी जिल्लामासमेत निर्यात हुने गरेको छ। तस्बिरः केदार मगर/रासस
आजका तस्बिर- भदौ २३
भिमसेन जात्रा ।  पाटन दरबार क्षेत्रमा अवस्थित प्रसिद्व भीमसेन मन्दिरमा शुक्रबार राति भीमसेन जात्रामा सहभागी हुँदै स्थानीय। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- भदौ २३
प्रदेश रङ्गशाला- सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना अन्तर्गत प्रदेश रङ्गशाला। विसं २०८१ सालमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न लागिएकोले रङ्गशाला निर्माणकोको काम तीव्र गतिमा भइरहेको छ। तस्बिरः सुरेश आचार्य/रासस