आजका तस्बिर- कात्तिक २३
आजका तस्बिर- कात्तिक २३
बाँसका सामग्री ।  सुनसरी इनरूवाको बिहीबारे हाटमा छठ पर्व लक्षित बिक्रीको लागि राखिएको बाँसका सामग्री। तस्बिर : नवीन गड्तौला/रासस
आजका तस्बिर- कात्तिक २३
कल्लाबारी गाउँमा ढकमक्क फुलेको सयपत्री ।  काठमाडौं नागार्जुन नगरपालिका–६ स्थित कल्लाबारी गाउँमा किसानले बारीमा व्यावसायिक रूपमा गरेको फूल खेतीमा ढकमक्क फुलेको सयपत्री फूल।तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- कात्तिक २३
खुलेको काठमाडौं ।  बिहीबार हलचोकबाट देखिएको काठमाडौं सहरको दृश्य। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- कात्तिक २३
माटोका सामग्री ।  सुनसरीको इनरूवा नगरपालिका-२ स्थित बिहीबारे हटियामा माटोका दियो लगायतका पूजा सामग्री खरिद गर्दै सर्वसाधारण।तिहार नजिकिँदै जाँदा माटोका भाँडाको बिक्री बढेको छ।तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- कात्तिक २३
विद्युतीय सवारी साधन ।  इ ड्राइभ नेपालले बिहीबार आयोजना गरेको पहिलो विद्युतीय यातायात राइड सेयरिङ एपको उद्घाटन शुभारम्भ कार्यक्रममा प्रदर्शनमा राखिएका विद्युतीय सवारी साधन। कम्पनीले अहिले २० वटा विद्युतीय सवारी साधन काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याएको जनाएको छ। तस्बिर: हरिराम भेटुवाल/रासस