आजका तस्बिर- भदौ २६
आजका तस्बिर- भदौ २६
हरियाली धान फाँट ।  तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेको हरियाली धानफाँट। जिल्लाको धान खेती हुनेमध्ये साँगेफाँट पनि प्रमुख हो। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- भदौ २६
जीर्ण बन्दै नारायणी रंगशाला ।  मधेश प्रदेशकै ठूलो रङ्गशालाको रूपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्शाला जीर्ण अवस्थामा पुगेको छ। रङ्गशालाको तीनैतर्फ 'प्यारापिट' भत्किएर धराप अवस्थामा रहेको छ भने खेल मैदानमा पानी जमेको छ। तस्बिर: हिमाल लम्साल/रासस
आजका तस्बिर- भदौ २६
साइपुरको धान खेत फाँट ।  दाङको घोराही उपमहानगरपालिका-१२ स्थित साइपुरको धान खेतको फाँट, घोराही-रक्षाचौर सडकखण्ड र आसपासको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- भदौ २६
टौदहका माछा ।  कीर्तिपुर नगरपालिका–६ स्थित टौदहमा रहेका माछा। उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल टौदहको बनावट अष्टकोण आकार एवं काठमाडौंं उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ। यो तालमा श्री कर्कट नागराजा नागरानीको बासस्थान रहेको धार्मिक मान्याता छ। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- भदौ २६
सुकाइएको कागज ।  दाङको राप्ती गाउँपालिका–४ पिपरखुट्टीस्थित राप्ती नेपाली कागज उद्योगको बाहिर अन्तिम चरणमा घाममा सुकाइएको कागज। तस्बिर: नारायण खड्का/सेतोपाटी