आजका तस्बिर- भदौ १२
आजका तस्बिर- भदौ १२
उर्लिएको कर्णाली नदी ।  कैलालीको टीकापुर नगरपालिका-८ सत्ती पुलबाट श्रीलङ्कातर्फ वर्षामा उर्लिएको कर्णाली नदीले बनाएको फाँट । यहाँ नदी क्षेत्र बाहेक सयौँ बिगाहा लालपुर्जा भएको जमिन नदीमा परिणत भएको छ। नदीले बनाएका ठूला फाँट हिउँदको समयमा पानीको बहाव कम हुँदा देखिन्छन्। तस्बिर: झलनाथ खनाल/रासस
आजका तस्बिर- भदौ १२
दूधपोखरी ।  समुद्री सतहदेखि करिब पाँच हजार मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पाँचपङ्गाला क्षेत्रबाट तोक्पेगोला जाने पदमार्गमा पर्ने दूधपोखरी। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- भदौ १२
घोराहीको कृत्रिम जलाशय ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित ढिकपुर गाउँमा करिब पाँच बिगाह क्षेत्रफलमा फैलिएको मानव निर्मित कृत्रिम ढिकपुर जलाशय । उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण, सिँचाइ सुविधा विस्तार, पर्यटन प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- भदौ १२
ऐतिहासिक शिव मन्दिर ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१३ मा अवस्थित शिखर शैलीमा निर्माण गरिएको ऐतिहासिक शिव मन्दिर। पाल्पाली राजा मणिमुकुन्द सेनको पालामा बनेको विश्वास गरिएको यस मन्दिरको भग्नावशेषका आधारमा गत वर्ष पुनर्निर्माण सम्पन्न भएको थियो। तस्बिरः टेकराज पोखरेल/रासस
आजका तस्बिर- भदौ १२
अल्लोको कपडा बुन्दै उद्यमी महिला ।  सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका-१ स्थित देवकोटा चोकमा रहेको अल्लो कपडा उद्योगमा तान लगाएर अल्लोको कपडा बुन्दै उद्यमी महिला। तस्बिरः भविन कार्की/रासस