मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ यसपालि पनि धुमधामका साथ मनाइएको छ।
यसपालि चौथो पटक जिब्रो छेडेर २९ वर्षीय सुजन बाग श्रेष्ठले जात्रालाई निरन्तरता दिएका छन्।
नवौंपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए।
कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ ९ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए।
जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने प्रचलन छ।
तस्बिरहरूः













सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।